Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु

हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु


  • 1.8K
    Shares

    • images
    हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु

    काठमाडौं । कैलालीमा हावाहुरीले ढालेको रुखले लाग्दा शिक्षकको मृत्यु भएको छ ।

    शुक्रबार बिहान आएको हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको हो ।

    कैलालीका डीएसपी राजकुमार सिंहले घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका भण्डारीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको पुष्टि गरे । बिहान चलेको हावाहुरीका कारण सालको रुख ढलेको थियो । उक्त रुखले लाग्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।

    घाइते भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो । तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको थियो । भण्डारीको उपचारका क्रममा मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १२:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij