२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबारदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।
सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
‘निर्णयको ड्राफ्ट तयार हुँदैछ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो, ‘करिब एक घण्टामा ड्राफ्ट तयार भएर सबै निर्णयबारे सूचना सार्वजनिक गरिनेछ ।’
कोरोना भाइरसको संक्रमण तीव्र भएपछि हिजो बसेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रले पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij