Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

चितवनमा खुर्पाले हानेर पूर्व सैनिकले गरे छोरी र भतिजोको हत्या

चितवनमा खुर्पाले हानेर पूर्व सैनिकले गरे छोरी र भतिजोको हत्या


  • 2.4K
    Shares

    • images
    चितवनमा खुर्पाले हानेर पूर्व सैनिकले गरे छोरी र भतिजोको हत्या

    काठमाडौं । चितवनको दिव्यनगरमा एक पुरुषले दुई बालबालिकाको हत्या गरेका छन् । भरतपुर महानगरपालिका-२५ का ४२ वर्षीय लीलाराज गिरीले खुर्पाले हानेर उनीहरूको विभत्स हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार आज बिहान ९:५५ बजेको समयमा गिरीले दाइको छोरा ५ वर्षका साजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसलगत्तै आफ्नै छोरी ७ वर्षीया प्रभा गिरीलाई पनि खुर्पा प्रहार गरेका थिए ।

    साजनको घटनास्थलमै मृत्यु भएको थियो । छोरी प्रभाको चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा त्यहीँ मृत्यु भएको अस्पतालका निर्देशक प्रताप देवकोटाले बताए ।

    डीएसपी खनालका अनुसार भूपू आर्मी रहेका लीला गिरीको मानसिक अवस्था ठीक थिएन । उनले दुई बच्चापछि आफैँलाई पनि खुर्पा हानेका थिए । उनलाई पनि घाइते अवस्थामा उनलाई पनि चितवन मेडिकल कलेज ल्याइएको थियो ।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १०:५४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij