Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आइपिएलमा अनलाइनमार्फत सट्टेबाजी गर्ने ११ जना काठमाडौंबाट पक्राउ

आइपिएलमा अनलाइनमार्फत सट्टेबाजी गर्ने ११ जना काठमाडौंबाट पक्राउ


  • 5.4K
    Shares

    आइपिएलमा अनलाइनमार्फत सट्टेबाजी गर्ने ११ जना काठमाडौंबाट पक्राउ

    भारतमा अहिले चलिरहेको इन्डियन प्रिमियर लिग (आइपिएल)को खेलमा सट्टेबाजी गर्ने ११ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखाको टोलीले ठमेलका विभिन्न स्थानबाट ११ जनालाई पक्राउ गएराति पक्राउ गरेको हो ।आईपीएलको खेलमा ह्वाट्सएपमार्फत् सट्टेबाजी गरिरहेको अवस्थामा ती सबैलाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । 

    ‘विभिन्न समूहका व्यक्तिहरुले अनलाइनमार्फत सट्टेबाजी गरिरहेको सूचना आयो’ एसपी पंगेनीले भने, ‘प्रहरी पुग्दा ती सबै व्यक्तिहरु पक्राउ पनि परे ।’  विभिन्न पेशामा संलग्नसहित विद्यार्थीहरु पनि यो कार्यमा सट्टेबाजीमा संलग्न रहेको पाइएको उनले बताए ।

    पक्राउ परेका व्यक्तिहरुमाथि म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अपराध महाशाखाको टोलीले उनीहरुको साथबाट नगद २ लाख ८० हजार रुपैयाँ र केही थान रजिष्टरहरु समेत बरामद गरेको छ । 

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १३:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij