Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

१३ वर्षिय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ

१३ वर्षिय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ


  • 2.3K
    Shares

    १३ वर्षिय बालिका बलात्कार गरेको आरोपमा १६ वर्षिय बालक पक्राउ

    सप्तरी । नाबालिका बलात्कार गरेको ओरापमा एक जना नाबालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार सार्वजनिक गरेको घटना विवरण अनुसार उक्त घृणित कार्य गरेको आरोपमा सप्तरीको सुरुङ्गा नगरपालिका ३ लक्ष्मीपुरका १६ वर्षिय नाबालक पक्राउ परेका हुन् ।

    पीडित र पिडक दुबै नाबालक रहेकाले प्रहरीले नाम गोप्य राखेको छ । प्रहरीका अनुसार गत बैशाख १३ गते उक्त वडा नजिकैको लक्ष्मीपुर वन क्षेत्रमा काठ दाउरा संकलन गर्न पुगेकी १३ वर्षिय किशोरीलाई १६ वर्षिय किशोरले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

    पीडित किशोरीले वन क्षेत्रमा काठ दाउरा संकलन गर्दै गर्दा अचानक पुगेका ती किशोरले सुरुमा प्रलोभन देखाई शारीरिक सम्बन्धको प्रयास गरेको र सो प्रस्ताव अस्वीकर गर्दा मुख थुनेर बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छिन् ।

    बलात्कारीले कसैलाई यो बारे भने आफूलाई ज्यानै मारिदिने धम्की समेत दिएको पीडित किशोरीले प्रहरीलाई बताएकी छिन् ।

    घटनापछि फरार भएका किशोरलाई बैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो । पीडित किशोरीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परिक्षण तथा उपचार गराइएको छ भने पक्राउ परेका ती किशोरलाई सप्तरी जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - ०७:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij