Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आलोचना गर्ने वडा अध्यक्षलाई प्रवक्ताबाट हटाए, विधायन समिति संयोजकमा रोजिना श्रेष्ठ

आलोचना गर्ने वडा अध्यक्षलाई प्रवक्ताबाट हटाए, विधायन समिति संयोजकमा रोजिना श्रेष्ठ


  • 5.2K
    Shares

    आलोचना गर्ने वडा अध्यक्षलाई प्रवक्ताबाट हटाए, विधायन समिति संयोजकमा रोजिना श्रेष्ठ

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नवीन मानन्धरलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई पुन: जिम्मेवारीमा फर्किन सहयोग गर्दै महानगर प्रमुख बालेनको आलोचना गरेका थिए।

    सोहीकारण बालेनले आफूलाई प्रवक्ताबाट हटाएको मानन्धरले आरोप लगाए। 'सूचना प्रविधिको संयोजकबाट फिर्ता लिइएको छ भनेर लेखिएको पत्र मलाई आज प्राप्त भएको छ' उनले भने।  
     
    त्यस्तै उनका अनुसार उक्त जिम्मेवारी वडा नम्बर ५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापतिलाई तोकिएको छ। मानन्धर र प्रजापति दुवै एमालेबाट उम्मेदवार बनेर वडाअध्यक्ष निर्वाचित भएका हुन्।   

    त्यस्तै बालेनले वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाएका छन्।

    त्यस्तै सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकेका छन्।

    रोजिना राष्ट्रिय स्वतन्त्र पार्टीकी स्थानीय तहकी एक्ली जनप्रतिनिधि हुन्। उनी गत मंसिर १६ गते भएको उपनिर्वाचनबाट निर्वाचित भएकी हुन्। 

    images
    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १९:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij