Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई कैद सजाय, एक लाख क्षतिपूर्ति

निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई कैद सजाय, एक लाख क्षतिपूर्ति


  • 9.0K
    Shares

    • images
    निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई कैद सजाय, एक लाख क्षतिपूर्ति

    काठमाडाैँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय तोकिएको छ ।

    जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दले पत्रकार भण्डारीलाई एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको जानकारी गराए । पत्रकार भण्डारीलाई १० हजार जरिवाना समेत गरिएको उनले बताए । 

    तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेका थिए । भण्डारीले निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका थिए । त्यसै क्रममा भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए ।

    वि.सं.२०७५ साल साउन १० गते उल्टाखाम, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको थियो । घर नजिकै रहेको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । 

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १८:२६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij