Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

अदालतमा उपस्थिति जनाएर फर्किए मिश्र, भोलि सुनुवाइ

अदालतमा उपस्थिति जनाएर फर्किए मिश्र, भोलि सुनुवाइ


  • 1.6K
    Shares

    • images
    अदालतमा उपस्थिति जनाएर फर्किए मिश्र,  भोलि सुनुवाइ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ । बिहीबार अदालत उपस्थित भएका मिश्रको शुक्रबार पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ । 

    बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो । 

    नेपाल प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश भएकोमा उक्त जवाफ आउन ढिलाइ भएकाले आज इजलासमा पेस नगरिएको हो । 

    लिखित जवाफ सुनाएपछि मिश्रको बयान पनि भोलि नै हुनेछ ।

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १७:१६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij