Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अदालत

रवीन्द्र मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

रवीन्द्र मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने


  • 1.6K
    Shares

    रवीन्द्र मिश्रलाई हत्कडी खोलेर सर्वोच्च लगियो, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई बिहीबार (जेठ १) प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराएको छ । मिश्रलाई बन्दीप्रत्यक्षीकरणको सुनुवाइका निम्ति सर्वोच्चमा उपस्थित गराइएको हो ।

    सर्वोच्चका आदेशानुसार उनलाई उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए । जिल्ला अदालतमा म्याद थपनिम्ति उपस्थित गराउँदा प्रहरीले सधैँ हतकडी लगाइदिने गरेको थियो । सर्वोच्च लैजाँदा पनि महान्यायाधिवक्ताको कार्यालय पुग्दासम्म हतकडी लगाइएको थियो । सर्वोच्च परिसरमा भने हतकडी खोलेर लगियो ।

    बुधबार (जेठ ३१) बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्चले कारण देखाऊ र बन्दीलाई उपस्थित गराउन आदेश दिएको थियो । 

    images
    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १६:२८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij