२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै संक्रमितको संखया उच्च रहेको जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको छ ।
सीसीएमसीले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्न भनेको हो । निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनले पाएका छन् ।
सीसीएमसीको निर्णय अनुसार काठमाडौंसहित ९ जिल्लामा निषेधाज्ञाको अवस्था देखिएको छ । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु काठमाडौंसहित बाँके, ललिपुर, रुपन्देही, पर्सा, भक्तपुर, कास्की, मोरङ, दाङमा हुन्।
सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ । निषेधाज्ञाबारे अन्तिम निर्णय भने आज बस्ने मन्त्रीपरिषदले गर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij