Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन


  • 1.6K
    Shares

    • images
    ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

    काठमाडौं ।  काठमाडौंको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ । 

    बुधवार नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् । घटनाबारे छानबिन गर्न एसपी पदम बहादुर विष्टको नेतृत्वमा समिति गठन गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए ।

    उपत्यका प्रहरी कार्यालयले गठन गरेको समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर सदस्य छन् । ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत साह र प्रहरी प्रभाग नागढुंगामा कार्यरत खड्कालाई जिम्मेवारीबाट हटाइएको छ ।

     साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र खड्कालाई जिल्ला प्रहरी परिसरमा झिकाइएको एसएसपी खनालले जानकारी दिए । बुधवार सडकमै साहले जुनियर प्रहरीलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमान्डमा जानकारी गराएका छन् । 

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १४:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij