Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साताको अन्तिम कारोबार दिन र जेठ महिनाको पहिलो कारोबार दिन ८.४१ अकंले घट्यो बजार

साताको अन्तिम कारोबार दिन र जेठ महिनाको पहिलो कारोबार दिन ८.४१ अकंले घट्यो बजार


  • 2.0K
    Shares

    • images
    साताको अन्तिम कारोबार दिन र जेठ महिनाको पहिलो कारोबार दिन ८.४१ अकंले घट्यो  बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन र जेठ महिनाको पहिलो कारोबार दिन आज बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । आजको दिन नेप्से परिसूचक ८.४१ अकंले घटेर २६११ बिन्दुमा कायम भएको  छ ।

    आज ३२० वटा धितोपत्रको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड ३३ लाख ४८ हजर रुपैयाँको कारोबार भएको छ भने ८२ कम्पनीको मूल्य बढ्दा १६४ कम्पनीको मूल्य भने घटेको छ ।

    ओम मेगा फर्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १४:४०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij