Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्थानीय तहमा करोडौँ बेथिति : ऐनमा व्यवस्था नै नभएको शीर्षकमा १४ करोड खर्च

स्थानीय तहमा करोडौँ बेथिति : ऐनमा व्यवस्था नै नभएको शीर्षकमा १४ करोड खर्च


  • 1.1K
    Shares

    • images
    स्थानीय तहमा करोडौँ  बेथिति : ऐनमा व्यवस्था नै नभएको शीर्षकमा १४ करोड  खर्च

    स्थानीय सरकारहरुले ऐनमा व्यवस्था नै नभएको शीर्षकमा करोडौँ खर्च गरेको महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। 

    प्रतिवेदनअनुसार यस्ता शीर्षकमा १४ करोड ६ लाख १२ हजार बढी भुक्तानी गरेको देखिएको हो। 

    प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा स्थानीय तहका पदाधिकारी र सभाको सदस्यले तोकिएबमोजिम मासिक सुविधा पाउने व्यवस्था गरेको छ। तर आर्थिक वर्ष २०८०/०८१ मा १३ स्थानीय तहबाट पदाधिकारीलाई ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च १३ लाख ९६ हजार, २८ स्थानीय तहबाट पोसाक सुविधामा १ करोड २८ लाख ३५ हजार दिएको पाइएको छ।

    त्यसैगरी ऐनमा उल्लेख भएभन्दा फरक हुने गरी ७७ स्थानीय तहले यातायात खर्चमा ५ करोड ७ लाख ९५ हजार, ५३ स्थानीय तहले ऐनमा उल्लेखभन्दा बढी हुने गरी इन्धनमा ३ करोड ५७ लाख ६७ हजार, १६ स्थानीय तहले ऐनमा तोकेभन्दा बढी हुने गरी विविधमा १ करोड ४५ लाख ६८ हजार, ७३ स्थानीय तहले नियमले नपाउने भान्से, घरभाडा, अतिथि सत्कारलगायत अन्य सुविधाबापत २ करोड ५२ लाख ४१ हजार गरी १४ करोड बढी खर्च गरेको भेटिएको हो। 

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १४:२०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij