Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गोरखा बजारको फुटपाथबाट तरकारी नहटाए आन्दोलन गर्ने चेतावनी

गोरखा बजारको फुटपाथबाट तरकारी नहटाए आन्दोलन गर्ने चेतावनी


  • 967
    Shares

    • images
    गोरखा बजारको फुटपाथबाट तरकारी नहटाए आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । केही समय यता गोरखा बजारको फुटपाथमा अब्यस्थित तरिकाले तरकारी तथा फलफुल बिक्री गर्न थालेपछी ब्यवसायीहरु बिरोधमा उत्रने चेतावनी दिएका  छन् ।

    तरकारी तथा फलफुल ब्यवसायी संघ गोरखाले त्यस्ता अब्यस्थित तरकारी तथा फलफुल ब्यापारीलाई नियन्त्रण नगरे चरणबद्व आन्दोलन गर्ने चेतावनी दिएको हो ।

    संघले सरोकार वाला निकायलाई त्यस्ता ब्यवसायीहरुलाई तत्कालै फुटपाथबाट हटाउन भन्दै सरोकारवाला निकायलाई पत्र बुझाएको अध्यक्ष बावुराम श्रेष्ठले बताए । ‘हामीले फुटपाथमा तरकारी तथा फलफुल बिक्री गर्नेलाई हटाउन भनेका छौ’, उनले भने ‘यदी हाम्रो माग पुरा नभए हामी चरण बद्व आन्दोलनमा उत्रन्छौ ।’

    अध्यक्ष श्रेष्ठका अनुसार १५ दिन भित्र फुटपाथ वालालाई नहटाएको खण्डमा तरकारी पसल बन्द गर्नुका साथै सडक अबरोध गर्ने तयारी भई रहेको छ । संघले आन्दोलनको पहिलो चरणमा १ दिन १ घण्टा तरकारी तथा फलफुलका पसल बन्द गर्ने र अर्को दिन पुरौ दिन बन्द गर्ने छ ।

    यती गर्दा पनी मागको बेवास्ता गरे फुटपाथमा राखेका सबै तरकारी र फलफुल नियन्त्रणमा लिएर फालिदिने र ब्यवसायीहरुको सबै सवारी साधान सडका तेर्साएर अबरोध गर्ने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    संघले आजै गोरखा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गोरखा नगरपालिकाको वडा नम्बर ६, ७ र ८ को वडा कार्यालय र ति वडा भित्रका सबै टोल बिकास समितिलाई समेत पत्र बुझाएको छ ।

    पत्रमा जिल्ला बाहिरबाट आउने ब्यापारीहरुको पालिकामा दर्ता र पान नम्बर भए नभएको अनुमगन गर्न, बजार क्षेत्र भित्र ब्यापार गर्नेहरुको पालिकामा ब्यवसाय दर्ता र पान नम्बर भए नभएको अनुगमन गर्न, दर्ता भएको भए सम्वन्धित स्थानमा नै गर्न र नगर प्रहरीको प्रबन्ध गर्न समेत माग गरेको छ । संघमा अहिले गोरखा बजार आसपासमा रहेको ६० ब्यवसायीहरु आबद्व रहेका छन् ।

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १४:०६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij