Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

उपत्यकामा थप कडाइ, मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

उपत्यकामा थप कडाइ, मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’


  • 7.6K
    Shares

    उपत्यकामा थप कडाइ, मास्क नलगाउने १३ सय २५ जनालाई ‘होल्ड’

    काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिँदै गएपछि प्रहरीले थप कडाइ गर्न थालेको छ। काठमाण्डौमा मास्क नलगाउने १३ सयभन्दा बढीलाई प्रहरीले केही बेर होल्डमा राखेर सम्झाइ बुझाइ गरेको छ ।

    प्रहरीले होल्डमा राखेका मध्य ३ सय २२ जना महिला र एक हजार ३ पुरुष रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

    स्वास्थ्य मापदण्ड पालना नगरी बाहिर हिडडुल गर्नेलाई संक्रामक ऐन, २०२० को दफा २ अनुसार प्रहरीले कारबाही गर्न सक्छ।

    उपत्यकाबाहिर पनि प्रहरीले कारबाही थालेको छ। सोमबार बिहान मकवानपुरमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने तथा मास्क प्रयोग नगर्नेलाई जरिवाना तिराएको छ।

    मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार कारबाहीमा पर्नेमा ५५ मोटरसाइकल चालक, अटोचालक ७, म्याजिक ५ र मयुरी एउटा रहेका छन्।

     

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १३:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij