Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता

डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता


  • 1.2K
    Shares

    • images
    डोलेश्वर भिलेज रिसोर्ट र सिटिजन्स क्यापिटलबीच संस्थागत परामर्श सम्बन्धी सम्झौता

    काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि. र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रा.लि.का तर्फबाट अध्यक्ष श्री रामनाथ मैनाली तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्

    यस सम्झौता पश्चात सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रा.लि. बाट पब्लिक कम्पनीमा रुपान्तरण गर्न तथा सार्वजनिक निष्काशन (IPO) अनुमति लिन सम्पूर्ण तयारी कार्य परामर्श सेवा अन्तर्गत दिनेछ ।

    २०७६ साल देखि कारोबार सुरु भएको यस रिसोर्ट डोलेश्वर भक्तपुरमा दश रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल यस रिसोर्टमा १५ वटा कोठाहरु छन् र सो संख्या बृद्धि गरी ३५ वटा कोठा पुर्याउने कार्य र स्वीमिङ पुल पनि निमार्णधीन अवस्थामा रहेको छ र सो निर्माण कार्यहरु यस आर्थिक वर्षभित्र नै सम्पन्न गर्ने लक्ष्य रिसोर्टले लिएको छ । यस रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरु रहेको छ । 

    आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल यस रिसार्ट विवाह, ब्रतबन्ध, सेमिनार, गोष्टि तथा पिकनिकको लागि उपयुक्त थलो रहेको छ । यहाँबाट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिर २०० मिटरको दुरीमा रहेको छ ।

     

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - १२:५३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij