Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक

गभर्नर नियुक्तिको विषयले लाज पनि लजाइसक्यो, हाम्रो सरकार लजाउँदैन : सांसद सिंह

गभर्नर नियुक्तिको विषयले लाज पनि लजाइसक्यो, हाम्रो सरकार लजाउँदैन : सांसद सिंह


  • 1.2K
    Shares

    • images
    गभर्नर नियुक्तिको विषयले लाज पनि लजाइसक्यो, हाम्रो सरकार लजाउँदैन : सांसद सिंह

    काठमाडौं । स्वतन्त्र सांसद अमेरशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रिया देखेर लाज पनि लजाइसकेको तर सरकारले लाज नमानेको टिप्पणी गरेका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘अहिले गभर्नरको नियुक्ति प्रक्रिया देखेर लाज पनि जाउँछ तर हाम्रो सरकार लजाउँदैन।’ राजनीतिक दलको सदस्य गभर्नर बन्न नसक्ने भन्दै सिंहले चुनाव लडेको मान्छे राजनीतिक दलकै सदस्य हुने जिकिर गरे।

    ‘पहिला पहिला मान्छे चुनाव लड्थ्यो, चुनाव हार्छ, राष्ट्रियसभामा जान्छ,’ उनले भने, ‘राजदूत बन्छ। यो गलत परम्परा हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि राजनीतिक  सदस्य रहन सक्दैन। पार्टीको चुनाव लड्ने भन्दा आधिकारिक राजनीतिक सदस्य कस्तो हुन्छ मैले बुझ्न सकेको छैन। त्यो आफैँमा प्रमाण हाेइन।’

    हरेक पदमा राजनीतिक दलकै कार्यकर्ता खोज्ने प्रवृत्ति हातक भएको पनि सांसद सिंहको भनाइ छ। ‘राष्ट्र बैंकमा कोही विज छैन?विज्ञलाई नियुक्त गर्नुपर्दैन?,’ उनले भने, ‘हरेक कुरामा दलको कार्यकर्ता खोज्ने?’

    सिंहले थपे, ‘अदालतमा पनि पार्टी कार्यकर्ताको भर्ति हुन्छ। अख्तियारमा पनि भर्ति हुन्छ। लोक सेवामा भर्ति हुन्छ।’
    उनले राष्ट्र बैंककै वर्तमान डेपुटी गभर्नरलाई गभर्नर नियुक्त गर्न सकिने उल्लेख गरे। ‘त्यहाँ डेपुटी गभर्नर छ, के महिला भएकाले डेपुटी गभर्नर बनाउँन मिल्दैन?,’ उनले भने।

    त्यस्तै सिफारिस समितिबारे पनि उनले प्रश्न गरे। सिंहले भने, ‘सर्च कमिटी भनेको मजाक हो? १० दिनमा राजीनामा दिने, १० दिनमा अर्को नियुक्ति गर्ने?’

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - ११:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij