Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर, संसद्‍मा उठ्यो प्रश्न

विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर, संसद्‍मा उठ्यो प्रश्न


  • 1.3K
    Shares

    • images
    विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर, संसद्‍मा उठ्यो प्रश्न

    काठमाडौं । नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थामाथि संसद्‍मा प्रश्न उठेको छ ।

    नेपाली कांग्रेसकी सचेतक सुशिला थिङका अनुसार कानुनतः परिवार भन्नाले आमा, बुबा, छोरा, छोरी, पति, पत्नि, बाजे, बज्जै र सौतेनी आमा पर्दछन् ।

    ‘बाबु र आमाको मृत्यु भइसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवभाहितको कमाइमा बढी कर लगाउँदै आएको छ’, सांसद थिङ असन्तुष्टि व्यक्ति गरिन् । यसमा पुनरावलोकन हुनुपर्ने उनको माग छ ।

    ‘के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछन रु’ उनी थप्छिन्, ‘यदि राज्यलाई विभेद गरी कर उठाउन लाज लाग्दैन भने हामी अविवाहितबाट बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहितहरू सबै कमाइ राज्यलाई बुझाउन तयार छन् ।’

    अन्यथा, राज्यले करमा विवाहित र अविवाहित भनेर करमा गरेको विभेद हटाउनुपर्ने उनको माग छ । ‘अविवाहित र विवाहित भनेर कर उठाउन पाइँदैन । यस्तो विभेदकारी कर नीति यसपालीदेखि खारेज गरियोस्’ उनले माग गरिन् ।

     

    प्रकाशित मिति :जेठ १ २०८२ बिहिवार - ११:१८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij