Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौँबाट पोखरा गएको माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँबाट पोखरा गएको माइक्रो दुर्घटना, ३ जनाको मृत्यु


  • 2.5K
    Shares

    • images
    काठमाडौँबाट पोखरा गएको माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

    काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना भएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। 

    मृत्यु हुनेमा कास्की, हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ छिन्। एक जना पुरुष र अर्की महिलाको सनाखत हुन सकेको छैन। 

    यात्रुसहित ११ जना सवार ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो भ्यान पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२ लामेआहालमा दुर्घटनामा परेको हो।

    तीब्र गतिमा रहेको माइक्रो सडकदेखि करिब ३५ मिटर तल खेतमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते ८ जनाको पोखराका अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १९:४५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij