Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

दाङको लमहीमा विद्युत् सबस्टेशनमा आगलागी

दाङको लमहीमा विद्युत् सबस्टेशनमा आगलागी


  • 1.4K
    Shares

    • images
    दाङको लमहीमा विद्युत् सबस्टेशनमा आगलागी

    काठमाडौं ।  दाङको लमही नगरपालिका–५ स्थित विद्युत् सबस्टेशनमा आगलागी भएको छ । ११ केभी प्रशारण लाइन सट हुँदा आगलागी भएको हो ।

    लाइन सट भएर सुरुमा सानो ट्रान्सफर्मर पड्केको र आगलागी सुरु भएको थियो । आगलागीस्थलमै रहेका पत्रकार शिवु खनालका अनुसार, अहिले नगरपालिकाको दमकल र वडा प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।

    ‘करिब आधा घण्टा अघिदेखि आगलागी भइरहेको छ,’ खनालले भने, ‘अहिले भर्खरै दमकल आइपुगेर निभाउने प्रयास गरिरहेको छ ।’

    उनका अनुसार अहिले लमहीमा पूर्ण रुपमा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशन नजिकै वन भएपनि हरियाली भएकाले आगो बढ्ने जोखिम कमै देखिन्छ,’ उनले भने ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १७:१३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij