Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी जवान, के थियो बहाना ?

ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी जवान, के थियो बहाना ?


  • 5.3K
    Shares

    • images
    ट्राफिकका इन्स्पेक्टरबाट कुटिए प्रहरी जवान, के थियो बहाना ?

    काठमाडौं । ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक सहायक हवल्दार कुटिएका छन् ।

    काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले सहायक हवल्दारलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

    ‘भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएका छौं । सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुला,’ एसएसपी घिमिरेले भने । गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनले बताए ।

    भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १६:३८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij