२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजनाको संख्या बर्सेनि थपिँदै गए पनि प्रगति सुस्त गतिमा भइरहेको प्रतिवेदनले देखीएको छ ।
वार्षिक प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका आयोजनाको संख्या बढेर २७ पुगेको छ ।राष्ट्रिय गौरवका आयोजनाको लागि संशोधित मध्यमकालीन बजेट २२ खर्ब ७२ अर्ब ४२ करोड ६१ लाख रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ सम्म गौतमबुद्ध विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएको छ।
यी दुई आयोजनाबाहेक चार खर्ब ८७ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खर्च भएको कार्यालयले जानकारी दिएको छ । गौरवको आयोजनामध्ये दुई आयोजना सम्पन्न भएको छ भने समष्टिगत रुपमा भौतिक प्रगति ८० प्रतिशत र सोभन्दा माथि हासिल गर्ने ३, ५० देखि ८० प्रतिशत हासिल गर्ने ६ आयोजना रहेको कार्यालयले जानकारी दिएको छ ।
यसैगरी ५० प्रतिशतभन्दा न्यून प्रगति हासिल गर्ने आयोजना ६ तथा भौतिक प्रगति नखुलेको ८ आयोजना र सुरु नै नभएको २ आयोजना रहेको छ ।
२०८०/८१ मा निर्माण सम्पन्न हुनुपर्ने रानी जमरा कुलरिया, सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, काठमाडौं–तराई द्रुतमार्ग, लुम्बिनी क्षेत्र विकास कोषसहित पाँच आयोजना सम्पन्न हुनुपर्ने थियो । तर, काम नसकिएपछि म्याद थप गरीएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij