Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेटको सहज पहुँच

लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेटको सहज पहुँच


  • 1.1K
    Shares

    • images
    लाङटाङको सुन्दर पदमार्गमा अब फोरजी इन्टरनेटको सहज पहुँच

    काठमाडौं । नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्य लाङटाङ–क्यान्जिन पदमार्गमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

    कम्पनीले समुद्री सतहबाट करिब ३ हजार ८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस (BTS) जडान गरी 4G सेवा सुरु गरेको हो ।

    काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यो क्षेत्रमा टेलिकमको सेवा सुरु भएपछि पर्यटकहरुले पदयात्राका क्रममा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनहरुसँग सजिलै साटासाट गर्न सक्ने भएका छन् ।

    टेलिकमका अनुसार फोरजी सेवा विस्तारसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा पर्यटन व्यवसायीहरू दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास लिइएको छ ।

    कम्पनीले देशको दुर्गम तथा पर्यटकीय क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धता अनुसार यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १५:२९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij