२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ ।
कम्पनीले संस्थापक सेयरधनीको सेयर संरचना परिवर्तन गर्ने भएको हो । हाल ६० प्रतिशत रहेको संस्थापक सेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण सेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले जानकारी दिएको छ ।
संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न नचाहने संस्थापक सेयरधनीलाई २१ दिनभित्र पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन आग्रह गरेको छ।
आवेदन प्राप्त नभएमा सेयर परिवर्तन गर्न मञ्जूर रहेको मानी सोही अनुसार प्रक्रिया अघि बढ्ने कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij