काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाको नयाँ ब्याजदर तोकेको छ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार १४ बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर जेठ महिनाका लागि पनि यथावत राखेका छन् ।
बचत खातामा अधिकांश बैंकले तल्लो सीमा ३ प्रतिशतमै राखेका छन् भने तल्लो सीमा नै सबैभन्दा धेरै भने एनआईसी एसिया बैंकको ३.१० प्रतिशत छ र बचत खातामा सबैभन्दा धेरै ब्याजदरको माथिल्लो सीमा एनआईसी एसिया बैंककै ५.१० प्रतिशत रहेको छ । खातामा माथिल्लो सीमामध्ये सबैभन्दा कम नेपाल एसबीआई बैंकको ३.२० प्रतिशत रहेको छ ।
बैंकहरूले तोकको ब्याजदर अनुसार बचत खातामा न्यूनतम ३.०० प्रतिशतदेखि ५.१० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ भने बैंक तथा वित्तीय संस्थाले विभिन्न प्रकारको बचत निक्षेपको ब्याजदर बढीमा २ प्रतिशत भन्दा धेरै अन्तरमा राख्न नपाउने व्यवस्था रहेको छ ।
व्यक्तिगत मुद्दतीतर्फ माथिल्लो सीमा अनुसार सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ब्याजदर ६.६० प्रतिशत दिने बैंक जानकारी दिएको छ । नेपाल बैंकको ५.४५ प्रतिशत रहेको छ । एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर लक्ष्मी सनराइज बैंकको सबैभन्दा कम ३.५० प्रतिशत र प्राइम कमर्सियल बैंकको सबैभन्दा धेरै ५.७५ प्रतिशत रहेको छ ।
त्यसै गरी, व्यक्तिगत मुद्दती खातातर्फ ३.०० प्रतिशतदेखि ६.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीमा तल्लो तहको सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको ३.०० प्रतिशत रहेको छ भने तल्लो तहमै सबैभन्दा धेरै प्रभु बैंकको ब्याजदर ५.१० प्रतिशत रहेको छ ।
त्यस्तै, संस्थागत मुद्दती खातातर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५.६० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । धेरैवटा बैंकले तल्लो सीमामा न्यूनतम ३.०० प्रतिशत ब्याजदर दिँदै आएका छ भने तल्लो सीमामा सबैभन्दा धेरै ब्याज ३.२५ प्रतिशत रहेको छ ।, प्राइम, हिमालयन र सिद्धार्थ बैंकले ब्याजदरको अफर गरेका छ ।
एक वर्षे मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् भने एक वर्षे मुद्दतीमा एनआईसी एसिया बैंकले ५ प्रतिशत ब्याज दिने भएको छ । त्यसैगरी संस्थागत मुद्दतीको माथिल्लो तहमा ब्याज प्राइम कमर्सियल बैंकले सबैभन्दा धेरै ५.७५ प्रतिशत ब्याज दिँदा कृषि विकास बैंकको ३.२५ प्रतिशत रहेको छ ।
जेठ महिनामा व्यक्तिगत मुद्दतीमा बैंकले तोकेको अधिकतम ब्याजदर
| बैंक |
ब्याजदर %, जेठ |
ब्याजदर %, वैशाख |
| नेपाल |
५.४५ |
५.१५ |
| एसबीआई |
५.५ |
५.५ |
| हिमालयन |
५.५ |
५.५ |
| इन्भेस्टमेन्ट मेगा |
५.५ |
६.५ |
| कृषि विकास |
५.५१ |
५.५१ |
| सिटिजन्स |
५.६५ |
५.६५ |
| लक्ष्मी सनराइज |
५.७५ |
५.७५ |
| नबिल |
५.७५ |
५.७५ |
| सिद्धार्थ |
५.७५ |
६ |
| कुमारी |
५.९१ |
५.९२ |
| ग्लोबल आईएमई |
६ |
६ |
| माछापुच्छ्रे |
६ |
६ |
| राष्ट्रिय वाणिज्य |
६ |
६ |
| प्रभु |
६.१ |
६.१ |
| प्राइम कमर्सियल |
६.२५ |
६.२५ |
| स्टान्डर्ड चार्टर्ड |
६.२५ |
६.२५ |
| सानिमा |
६.३३ |
५.९५ |
| एनएमबी |
६.६ |
६.६ |
| एनआईसी एसिया |
६.६ |
६.६ |
| एभरेस्ट |
६.६४ |
६.६१ |