Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु

झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु


  • 4.5K
    Shares

    झाडापखालाबाट एकै  घरका दिदीबहिनीको मृत्यु

    दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ ।

    राजपुर गाउँपालिका–६ का प्रेम बुढाका छोरीहरु ११ वर्षीया छोरी रीता र १३ वर्षीया विनिता बुढाको झाडापखालाको कारण मृत्यु भएको हो ।

    दिदी विनिताको आइतबार राति २ बजेतिर र बहिनी रीताको आज बिहान ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए ।

    झाडापखालाबाट सिकिस्त भएपछि उनीहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो । उनीहरुको शव परीक्षणका लागि अहिले अस्पतालमै राखिएको छ ।

    शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि उनीहरुलाई झाडापखाला सुरु भएको अभिभावकले जानकारी दिएका छन् । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ११:५१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij