Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

काठमाडौंको मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो, एक जनाको मृत्यु

काठमाडौंको मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो, एक जनाको मृत्यु


  • 1.4K
    Shares

    काठमाडौंको मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो, एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौं महानगरपालिका– २४ स्थित मखन टोलमा आज बिहान  भएको आगलागी नियन्त्रणमा आएको छ । बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ८:१५ मा मात्र नियन्त्रणमा आएको हो । 

    काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले  जानकारी दिए ।

    सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।

    जुद्ध बारुद २, नेपाल आर्मी, ललितपुर महानगरपालिका, रामहिटी, र  बालाजु औद्योगिक क्षेत्रको गरी  ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको  हो । 

    images
    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - ०९:५७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij