२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । गायिका रचना रिमाल चढेको जहाज जर्मनी पुगेको छ । क्यानडाबाट भारत हुँदै नेपाल फर्कन लागेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो ।
जहाजको विषयमा उनले फेसबुकमार्फत जानकारी दिएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्,‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij