Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि

संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि


  • 1.5K
    Shares

    • images
    संवैधानिक नियुक्ति विवाद हेर्दाहेर्दैमा, अर्को सुनुवाइ पर्सि

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले विभिन्न संवैधानिक अंगका ५२ पदाधिकारीको नियुक्ति विवाद आज पनि हेर्दाहेर्दैमा राखेको छ। मंगलबार दिनभर विपक्षीका तर्फबाट बहस भएको थियो।

    माघ ३० गते खोलिएको फाइलमा मंगलबार १० औँ दिन सुनुवाइ भएको हो। पछिल्लो समय निरन्तर सुनुवाइ भइरहेको छ। र, ४ वर्षअघिको विवादको सुनुवाइ बल्ल अन्तिम चरणमा पुगेको छ। 

    तर, लामो समयदेखि संवैधानिक इजलासका अरू मुद्दा प्रभावित भएपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार अन्य मुद्दाको सुनुवाइ हुने गरी पर्सि बिहीबार संवैधानिक नियुक्ति विवाद पेसीमा चढाउन सर्वोच्च प्रशासनलाई भनेका हुन्।

    सुनुवाइ लम्बिँदै जाँदा भ्रष्टाचारविरूद्ध कारबाही चलाउने शक्तिशाली संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा पनि त्यसको असर देखिन थालेको छ।

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १६:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij