२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज मंगलबार सेयर बजार दोहोरो अंकको गीरावट आएको छ । आजकोदिन बजार मापक नेप्से परिसूचक १४. ८७ अंकले घटेर २६३४.२३ बिन्दुमा कायम भएको छ ।
कम्पनीले ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ कारोबार भएको छ । आज ७७ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ । १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९३ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य ६.३९ प्रतिशते घटेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij