Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बाल सुधार गृहबाट तीन जना बालक भागे

बाल सुधार गृहबाट तीन जना बालक भागे


  • 750
    Shares

    • images
    बाल सुधार गृहबाट तीन जना बालक भागे

    काठमाडौं । विराटनगरमा रहेको बाल सुधार गृहबाट तीन जना बालकहरू भागेका छन् । विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट सोमबार तीन जना बाल बिजाइँकर्ता भागेका हुन् ।

    प्रहरीका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक भागेका हुन् । भागेहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

    फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्षदेखि सुधार गृहमा थिए । झापा र ताप्लेजुङका  दुई बालक  पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।

    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १४:१०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij