Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सगरमाथा संवाद

सगरमाथा संवादमा को-को आउँदैछन् ? उच्चस्तरीय पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइने

सगरमाथा संवादमा को-को आउँदैछन् ? उच्चस्तरीय पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइने


  • 2.0K
    Shares

    सगरमाथा संवादमा को-को आउँदैछन् ? उच्चस्तरीय पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइने

    काठमाडौं । जेठ २ गतेदेखि नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । 

    सो कार्यक्रममा संवादमा करिब १७५ जना विदेशी पाहुना र करिब त्यतिकै संख्यामा नेपाली सहभागीसहित करिब ३५० जना सहभागीहरूले भाग लिने मन्त्रालयले जनाएको छ । 

    मन्त्री डा. राणाका अनुसार सगरमाथा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाएको भिडिओ सन्देश पनि प्रस्तुत गरिने भएको छ। उद्घाटन सत्र २ जेठ ९१६ मे. विहान ९ः ३० मा शुरू हुने र डेढ घण्टापछि ११ बजे सम्पन्न हुने बताइएको छ।

    दोस्रो सत्र प्लेनरी सेसन हुनेछ। अन्तर्राष्ट्रिय सम्मेलनको प्रारूपमा आयोजना गरिने उद्देश्य राखिएको यस संवादको थिममा केन्द्रित रही आफ्ना धारणा वा विचारहरू व्यक्त गर्ने प्रयोजनका लागि यो सत्र राखिएको मन्त्री डा। राणाले बताएकी छन्। 

    संवादमा सहभागी हुने सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनलाई यस सत्रमा बोल्ने अवसर हुने र यसका लागि सूचीमा २३ प्रतिनिधिमण्डल समावेश गरिएको बताइएको छ। 

    प्रत्येक प्रतिनिधिमण्डललाई पाँच मिनटको बोल्ने समय प्रदान गरिएको छ। जानकारी अनुसार यो सत्र २ जेठमा ११ः३० मा शुरू भई अपरान्ह १ः३० बजे सम्पन्न हुनेछ।

    जसमा १२ वटा देशबाट उच्च तह प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छन् जसमा संसद्का उपाध्यक्षदेखि मन्त्रीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।

    सम्मेलनमा चीन, भारत, अजरबैजान, पाकिस्तान, माल्दिभ्स, भूटान, बंगलादेश लगायतका मुलुकबाट मन्त्रीस्तरीय प्रतिनिधित्व हुने जानकारी मन्त्री डा। राणाले दिएकी छन्।

    images
    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - १३:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij