Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

आजदेखि परीक्षाहरु स्थगित, सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयको आग्रह

आजदेखि परीक्षाहरु स्थगित, सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयको आग्रह


  • 4.8K
    Shares

    आजदेखि परीक्षाहरु स्थगित, सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयको आग्रह

    काठमाण्डौ । सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।

    कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो ।

    सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने भएका छन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ भने मृत्युदर पनि उच्च भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिइसकेको छ । यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।    

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ११:३७:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij