२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् । जनताको जीवनमाथि खेलबाड नगर्न उनले प्राधिकरणलाई आग्रह गरिन् ।
सांसद शर्माले प्राधिकरणलाई लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग गरिन् । ‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij