Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पटक पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरणका कर्मचारीको मापसे चेक

पटक पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरणका कर्मचारीको मापसे चेक


  • 869
    Shares

    पटक पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरणका कर्मचारीको मापसे चेक

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मध्यरातमा मादक पदार्थ सेवन परीक्षण गरिएको छ । पटक पटक बिजुली गएपछि यहाँका कर्मचारीको मापसे चेक गरिएको हो । 

    विजुली काटिएपछि स्थानीय र पर्यटन व्यवसायीले प्रहरीमा उजुरी गरेका थिए । स्थानीयकै आग्रहमा मापसे चेक गरिएको इलाका ट्राफिक कार्यालय डाँडाको नाकका इन्चार्ज बेदनाथ भण्डारीले जानकारी दिए । 

    तर उनीहरुले मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए । 'नागरिकको निकै धेरै गुनासो आयो, हामीले चेक गर्यौं । तर मापसे गरेको भेटिएन,' उनले भने, 'नागरिकसँग राम्रो व्यवहार नगरेपछि मापसे गरेको शङ्का लागेर हामीलाई चेक गर्न आग्रह गरेपछि चेक गरेका हौँ ।'

    images
    प्रकाशित मिति :बैशाख ३० २०८२ मंगलवार - ०७:४०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij