Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे, रविको आश्वासन धैर्य गर्नुस्, न्याय मिल्छ

मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे, रविको आश्वासन धैर्य गर्नुस्, न्याय मिल्छ


  • 1.8K
    Shares

    मिटरब्याज पीडितले कारागारमा रवि लामिछानेलाई भेटे, रविको आश्वासन धैर्य गर्नुस्, न्याय मिल्छ

    काठमाडौं । मिटरब्याज पीडित किसान-मजदुरहरुले रास्वपा सभापति रवि लामिछानेसँग कारागारमा भेटेका छन् ।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलिले भैरहवास्थित रुपन्देही जिल्ला कारागारमा भेट गरेको हो ।

    भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएको थियो । गृहमन्त्रीका रुपमा रवि  लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुले बताए ।

    निर्घ नविनले भने, ‘पहिला जुन तदारुकताका साथ काम भएको थियो, अहिले त्यो छैन । त्यति लामो छलफल र गृहकार्यपछि भएको सम्झौता अहिले कार्यान्वयन हुनै सक्दैन भन्ने कुरा भइराखेको छ । एक हिसाबले भन्ने हो भने सरकारले हामीलाइ चिन्न छोडिसक्यो ।’

    संघर्ष समितिका संयोजक अवधेश कुशवाहले जिल्लाहरुमा प्रहरी र सिडिओहरु फेरिएसँगै मिटर व्याज पिडितमाथि नै मुद्दा चलाइएको र पक्राउ गरिएको बताए ।

    ‘सरकार साहुकारहरु जोगाउन लागिराखेको छ । अन्याय भयो भनेर कहाँ जाने रु गृह मन्त्रालयको ढोका बन्द जस्तै छ अहिले पिडितका लागि’, उनले भने ।

    जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरेका छन् । पिडितहरुबीच राजनीति हुन नहुने भन्दै उनले न्यायको लडाइँ एकदिन अवश्य जितिने बताए ।

    लामिछानेले भने, ‘धनी र गरिबबीचको लडाइँ लामो चल्छ । जित न्यायको हुन्छ, तर धैर्य गर्नु, जनताको कुरा सरकारले नसुनेर कहाँ हुन्छ रु सुन्नुपर्छ, सुन्छ । यो नभए अर्कोले सुन्छ । त्यतिन्जेल तपाइँहरुबीच फाटो आउन भएन ।

    एक भएर लड्नुपर्छ । मलाई हेर्नुस् त मेरो स्वार्थ के छ रु जनताकै लागि लड्दा यो दुःख पाएको छु । न्याय पाउनुअघि दुःख हुने रहेछ । यसपछि न्याय हुन्छ । तपाइँहरुले पाएको दुःख न्याय पाउनुअघिको हो । नआत्तिनु ।’

     

    images
    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १४:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij