Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पूर्णरुपमा लकडाउन लगाउने बारे उपत्यकाका प्रमुख जिल्ला अधिकारी छलफलमा, के निर्णय आउला ?

पूर्णरुपमा लकडाउन लगाउने बारे उपत्यकाका प्रमुख जिल्ला अधिकारी छलफलमा, के निर्णय आउला ?


  • 6.3K
    Shares

    पूर्णरुपमा लकडाउन लगाउने बारे उपत्यकाका प्रमुख जिल्ला अधिकारी छलफलमा, के निर्णय आउला ?

    काठमाडौं । काठमाडौं उपत्यकामा पूर्ण रुपमा लकडाउन नहुने भएको छ । यसका लागि कुन–कुन क्षेत्र खुकुलो गर्ने भन्ने विषयमा काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहितको बैठक बसिरहेको छ ।

    कोरोना भाइरसको बढ्दो संक्रमण तथा नियन्त्रणका लागि अपनाउन सकिने उपायबारे आफूहरु छलफलमा रहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

    उनले भनेका छन्, ‘तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)को संयुक्त छलफल भइरहेको छ । संक्रमण नियन्त्रणका लागि अपनाउन सकिने उपायहरुबारे परामर्शमा छौँ ।’

    तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबिचको छलफलको मुख्य विषय संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने विकल्पमा केन्द्रित रहेको बताइन्छ । बैठकले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने तथा निषेधाज्ञाको निर्णय लिन सक्नेछ ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - ११:१८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij