Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

तीनकुने घटना

तीनकुने घटनामा मुद्दा खेपिरहेका कानूनी प्रक्रिया अब सबै राप्रपाले जिम्मेवारी लिने

तीनकुने घटनामा मुद्दा खेपिरहेका कानूनी प्रक्रिया अब सबै राप्रपाले जिम्मेवारी लिने


  • 2.1K
    Shares

    तीनकुने घटनामा मुद्दा खेपिरहेका कानूनी प्रक्रिया अब सबै राप्रपाले जिम्मेवारी लिने

    काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका सबैको जिम्मेवारी राप्रपाले लिने घोषणा पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन् । नाजायज रूपमा हिरासतमा राखिएका देशभक्त-राष्ट्रवादी बन्दीहरूको कानूनी प्रक्रियामा राप्रपाले सघाउने उनले बताए ।

    हिजो राप्रपाको कार्यालयमा संयुक्त जनआन्दोलन समितिको बैठक बसेको थियो । सो बैठकमा लिङदेनले यस्तो घोषणा गरेसँगै सबै स्वागत गरे । राजसंस्था पक्षधर सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले गरेको यो जिम्मेवारीबोधको राजावादी नेताहरूले प्रशंसा गरेका छन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत तीनकुने घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने आर्थिक दायित्वसमेत राप्रपाले व्यहोर्नेछ ।

    ‘अहिलेसम्म सबैले आआफ्नो व्यक्तिगत हिसाबले गरिराख्नुभएको थियो, अब सबैको जिम्मेवारी राप्रपाले लिएको छ,’ उनले भने ।

    अध्यक्ष लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपा सम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई आग्रह समेत गरेका छन् । निःशुल्क कानूनी सहायता प्रदान गरिरहेका कानून व्यवसायीलाई बैठकले धन्यवाद र आभार प्रकट गरेको थियो ।

    स्मरणीय छ कि तीनकुनेमा १५ चैतमा भएको राजावादी आन्दोलनको आयोजक राप्रपा थिएन । दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले यो कार्यक्रमका आयोजना गरेको हो, जसको अपनत्व संयुक्त जनआन्दोलन समितिले समेत लिएको थिए । राप्रपा अध्यक्ष लिङदेन उक्त आन्दोलनमा सहभागी थिएनन् ।

    मुख्य आयोजक दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन् । राप्रपाले सबैको जिम्मेवारी वहन गर्ने निर्णय गर्दा दुर्गा पनि त्यसभित्र पर्छन् वा पर्दैनन् भन्ने चाहिँ अस्पष्टता देखिएको छ । राप्रपा स्रोतले यो विषयमा अनभिज्ञता दर्शायो ।

    स्रोतले भन्यो, ‘अध्यक्षज्यूले कसैको पनि नाम तोक्नुभएको छैन । सबैको जिम्मेवारी लिने भन्नुभएको हिसाबले उहाँ पनि त्यसमा अटाउनु पर्ने हो ।’

    राप्रपा र दुर्गा प्रसाईंबीच सुमधुर सम्बन्ध थिएन । प्रसाईँले सार्वजनिक फोरममै राप्रपाको आलोचना गर्ने गरेका थिए ।

    images
    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - ११:३९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij