Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ


  • 1.2K
    Shares

    • images
    पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

    काठमााडैं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् ।

    पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ घर भई वीरगञ्ज-१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आइतबार पक्राउ गरेको हो ।

    उनी र अर्का एक व्यक्ति मिलेर २७ वैशाखको राति एक महिलालाई एक्लै भएको मौका पारी मुख थुनेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका साहविरुद्ध बलात्कारको कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - ११:०५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij