२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भारत-पाकिस्तानबीचको तनाव बढ्दै गएपछि भारतमा रोजगारीका लागि गएका नेपालीहरू धमाधम फर्कने क्रम चलिरहेको छ । भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीले पैसा असुली गर्ने गरेको आरोप लागेको छ ।
सुदूरपश्चिम प्रदेशका कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकीमार्फत फर्किँदै गरेका नेपालीहरूले भारतीय सुरक्षाकर्मीबाट असहज र अपमानजनक व्यवहार सहन बाध्य भएको बताएका छन् ।
भारतको विभिन्न राज्यमा मजदुरी तथा कामका लागि गएका नेपालीहरू सीमामा कठोर चेकजाँच, अपमानजनक सोधपुछ र आर्थिक शोषणको शिकार भइरहेका छन् भने गौरिफण्टा नाकाबाट फर्किएका कैलालीका बम थापाले भारतीय सुरक्षाकर्मीहरूले ‘अनावश्यक झन्झट’ सृजना गरेर जबरजस्ती पैसा माग्ने गरेको बताएका छन् ।
आफ्नो देश फर्कि नै कठिन बनाउने गरी भारतीय सुरक्षाकर्मीले व्यवहारबारे नेपाल सरकारले कूटनीतिक पहलबाट सहज बनाउन नाकामा भेटिएका नेपालीहरूको भनाई रहेको छ।
भारत–पाकिस्तानबिच बढ्दो द्वन्द्वले गर्दा दुवै देशका सुरक्षाकर्मीहरू सीमामा कडाइ गरिरहेका छन्। तर सोही कडाइको नाममा नेपालीहरूलाई लक्षित गरी आर्थिक शोषण भइरहेको गुनासो बढ्दो रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij