Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज दुई हजार ५६९औँ बुद्धजयन्ती, देशभर मनाइँदै

आज दुई हजार ५६९औँ बुद्धजयन्ती, देशभर मनाइँदै


  • 1.2K
    Shares

    • images
    आज दुई हजार ५६९औँ बुद्धजयन्ती, देशभर मनाइँदै

    काठमाडौं । आज दुई हजार ५६९औँ बुद्धजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

    बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ । 

    विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ । बुद्धजयन्तीका अवसरमा आज स्वयम्भू महाचैत्यस्थित बुद्ध मन्दिरमा विशेष पूजाअर्चना हुनेछ ।

    स्वयम्भू क्षेत्रमा आज नेपाल सरकारका उच्च ओहोदाका विशिष्ट व्यक्ति, बौर्ध धर्मगुरु, भीक्षु, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, विभिन्न देशबाट आएका विशिष्ट पाहुनालगायतले पूजाअर्चना गर्ने कार्यक्रम छ ।

    स्वयम्भूनाथ परिसरभित्रै रहेको आनन्दकुटी विहारमा बुद्धको अस्तुधातु पूजाआजा र दर्शनका लागि राखिएको छ । बुद्धको अस्तुधातु बुद्धजयन्तीका दिन मात्रै सर्वसाधारणको दर्शनका लागि राखिँदै आइएको छ ।

    त्यस्तै आज लुम्बिनीलगायत देशभरका बौद्ध धर्मस्थलमा विभिन्न कार्यक्रम गरिएको छ। 

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - ०७:४१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij