२०८२ फाल्गुण ३० गते शनिवार
आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ।
एक मन्त्रीका अनुसार बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो। बैठक विशेषगरी कोरोना महामारी र नियन्त्रणका लागि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसबारे केन्द्रित हुनेछ।
सीसीएमसीले गरेका सिफारिस विश्लेषण गरी मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि लागू हुन्छ। आइतबार बसेकाे सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ।
यस्तै संक्रमितको संख्या पहाडमा २०० र सहरमा ५०० नाघे निषेधाज्ञा गर्न र त्यो अधिकार स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले तीलगायत कोरोना महामारी नियन्त्रण सम्बन्धमा आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताइएको छ।
काठमाडौं उपत्यकामा पर्ने तीनसहित देशका ९ जिल्लामा तत्काल ‘लकडाउन’ (निषेधाज्ञा जारी) गरिने सम्भावना छ।
किनकि हिजो आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमितको संख्या हेरेर निषेधाज्ञा गर्ने अधिकार स्थानीय प्रशासनलाई दिन सरकारलाई सिफारिस गरेको छ। संक्रमितको संख्या पहाडमा २ सय र सहरमा ५ सय नाघेमा निषेधाज्ञा गर्नुपर्ने सिफारिस सीसीएमसीले गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij