२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंको नयाँ बासपार्कस्थित होटलमा एक पुरुष मृत फेला परेका छन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। काठमाडौं महानगरपालिका २६ विरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij