Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

संसद् बैठक

राजावादीलाई प्रधानमन्त्रीले भने– कुनै जेठ १५ गते सपना साकार हुँदैन

राजावादीलाई प्रधानमन्त्रीले भने– कुनै जेठ १५ गते सपना साकार हुँदैन


  • 1.2K
    Shares

    राजावादीलाई प्रधानमन्त्रीले भने– कुनै जेठ १५ गते सपना साकार हुँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयानुसार अघि बढ्न राजावादीलाई आग्रह गरेका छन् ।

    आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाफ दिने क्रममा उनले कुनै पनि जेठ १५ गते प्रतिगामी सपना पूरा नहुने बताए ।

    “यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन । प्रतिगामी सपना काम लाग्दैन । त्यसमा जोड नगर्न आग्रह गर्दछु,” उनले भने ।

    आउँदो जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने राजावादीले बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानानुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

    images
    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १३:०२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij