Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग


  • 1.2K
    Shares

    • images
    सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

    काठमाडौं । नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना गर्न लागेको “सगरमाथा संवाद“ कार्यक्रमका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारी साधन (गाडी) सहयोग स्वरूप प्रदान गरेको छ ।

    नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत उपलब्ध गराइएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमार्फत हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती गाडीहरू परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरे ।

    समारोहमा मन्त्री डा। राणाले भारत सरकारलाई सहयोगका लागि धन्यवाद दिँदै भनिन्, “जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो । यसको समाधानका लागि आपसी समन्वय र सामूहिक प्रयास अपरिहार्य छ ।”

     उनले सगरमाथा संवाद कार्यक्रमले जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको उजागर गर्नुका साथै त्यसको समाधानका उपाय खोज्न सामूहिक प्रयासको मोडल तय गर्ने बताइन् । मन्त्री राणाका अनुसार, मे १६ देखि १८ सम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको छ र नेपाल सरकार विदेशी अतिथिहरूको स्वागतका लागि तयार छ ।

    सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भने “जलवायु परिवर्तनको साझा चुनौतीको सामना गर्न भारत सधैँ नेपालसँग सहकार्य गर्न तयार छ ।” 

    सगरमाथा संवाद जलवायु परिवर्तनको असर, अनुकूलन र समाधानका विषयमा क्षेत्रीय तथा विश्वव्यापी छलफलको मञ्चको रूपमा परिचालित हुँदै आएको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - ११:३०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij