Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिफारिस समितिकै सदस्य गभर्नरका नयाँ उम्मेदवार ! पौडेललाई खोल्देलान् त ओली र ढुंगानाले बाटो ?

सिफारिस समितिकै सदस्य गभर्नरका नयाँ उम्मेदवार ! पौडेललाई खोल्देलान् त ओली र ढुंगानाले बाटो ?


  • 2.6K
    Shares

    • images
    सिफारिस समितिकै सदस्य गभर्नरका नयाँ उम्मेदवार ! पौडेललाई खोल्देलान् त ओली र ढुंगानाले बाटो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकको बहालवाला गभर्नरको पदावधि सकिनुभन्दा एक महिनापहिला नै नयाँ गभर्नर सिफारिस हुनुपर्ने कानुनी व्यवस्था भए पनि राजनीतिक दाउपेच र बिचौलियाको प्रभावमा हालसम्म सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । 

    चर्चा भने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिकै सदस्य गभर्नर बन्ने चर्चा चल्न थालेको छ । 

    सत्तारुढ नेपाली कांग्रेसले राष्ट्र बैंकका कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी गरेर उनलाई राजीनामा दिन लगाइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा उनको राजीनामा स्वीकृत एको छैन । कामु गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । ढुंगानालाई नै ओलीले गभर्नर बनाउन चाहेका कारण उनले भट्टको राजीनामा स्वीकृत नगरेको हल्ला छ ।

    भट्टको राजीनामा स्वीकृत नभएपछी कांग्रेसले अर्थविद् डा. विश्व पौडेललाई नयाँ उम्मेदवार बनाएर अघि सारेको छ । पौडेल सरकारले बनाएको सिफारिस समितिका सदस्य छन् । शनिबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरे कांग्रेसले विश्व पौडेलको नाम अघि सार्ने बताएको जनाइएको छ । उनलाई सिफारिस समितिबाट राजीनामा दिन लगाएर गभर्नरमा सिफारिस गर्ने तयारी रहेको छ ।

    प्रकाशित मिति :बैशाख २८ २०८२ आइतवार - १०:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij