Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आरुघाटमा एआई प्रविधीबाट छाती रोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न

आरुघाटमा एआई प्रविधीबाट छाती रोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न


  • 1.3K
    Shares

    • images
    आरुघाटमा एआई प्रविधीबाट छाती रोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न

    गोरखा । आरुघाट गाउँपालिकामा पहिलो पटक आर्टिफिसियल इन्टलेजेन्सि (एआई) प्रविधीबाट छाती रोग सम्बन्धी खोजपड्ताल कार्यक्रम सम्पन्न भएको छ ।

    गाउँपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा शुक्रवार कार्यक्रममा भएको हो । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशको प्रविधिक सहयोगमा भएको कार्यक्रमबाट ३ सय ४० जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।

    जसमध्ये ६ जनामा क्षयरोग पुष्टि भएको उनले जानकारी दिए । शंकास्पद १६ जनाको नमुना परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले बताए ।

    डा. विजय शर्मा नेतृत्वमा एआई प्रविधीबाट एक्स–रे तथा छाति रोग सम्बन्धी खोजपड्ताल गरिएको हो ।

    गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कल्पना नेपाली, प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

    प्रकाशित मिति :बैशाख २७ २०८२ शनिवार - १८:०२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij