Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजको मौसम

आज कतै मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा, कतै हिमपात

आज कतै मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा, कतै हिमपात


  • 1.2K
    Shares

    आज कतै मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा, कतै हिमपात

    काठमाडौं । पश्चिमी वायु, स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त वायुको प्रभावका कारण नेपालको मौसममा मिश्रित परिवर्तन देखिएको छ ।

    यसले गर्दा कतै मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ भने कतै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८२ शनिवार - ०६:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij