Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद्को चालू अधिवेशनबाटै निजामती ऐन ल्याउने तयारी

संसद्को चालू अधिवेशनबाटै निजामती ऐन ल्याउने तयारी


  • 1.8K
    Shares

    • images
    संसद्को चालू अधिवेशनबाटै निजामती ऐन ल्याउने तयारी

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ।

    लामो विवाद र छलफलपछि समितिले विधेयकको प्रतिवेदन तयार गरेको हो। आइतबार उक्त प्रतिवेदन निर्णयका लागि समितिमा पेस गर्ने समयतालिका छ। समितिका सचिव सुरजकुमार दुराले विधेयकको मस्यौदा टुंगिएको बताए।

    ‘मस्यौदा तयार भएको छ,’ उनले भने, ‘प्रतिवेदन आइतबार समितिमा पेस हुन्छ।’ विधेयकका व्यवस्थामा लगभग सहमति कायम गरेरै मस्यौदा प्रतिवेदन तयार गरिएको छ। समितिले चित्त नबुझाए वा आवश्यक ठाने प्रतिवेदन संशोधन पनि हुन सक्ने सचिव दुराले बताए।

    राजनीतिक अनिच्छा र कर्मचारी तथा प्रशासकका अनेकौँ स्वार्थ एवं दबाबले संविधान जारी भएको १० वर्ष पुग्न लाग्दासमेत संघीय निजामती ऐन जारी हुन सकेको छैन। ऐन नहुँदा संघदेखि स्थानीय तहसम्मै प्रशासनिक व्यवस्थापनमा कठिनता देखिएका छन्।  कर्मचारी खटनपटनदेखि पटकपटक ऐनका लागि भएका प्रयास पनि सफल भएनन्। ऐनको विधेयक पछिल्लोपटक संसदमा दर्ता भएको पनि एक वर्ष नाघिसकेको छ।

    अहिले भने संसद्को चालू अधिवेशनबाटै निजामती ऐन ल्याउने तयारी छ। केही दिनअघि सरकारले ल्याएको नीति तथा कार्यक्रममा पनि संघीय निजामती सेवासम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ।

    प्रकाशित मिति :बैशाख २७ २०८२ शनिवार - ०३:५१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij