Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुवेतमा तीन नेपाली मृत फेला, एक जनाको हत्या आशंका !

कुवेतमा तीन नेपाली मृत फेला, एक जनाको हत्या आशंका !


  • 1.4K
    Shares

    • images
    कुवेतमा तीन नेपाली मृत फेला, एक जनाको हत्या आशंका !

    कुवेतमा कार्यरत तीन नेपाली मृत भेटिएका छन् । कुवेतको दुई अलग ठाउँमा भेटिएका शवमध्ये तीनै जना नेपाली रहेको पुष्टि भएको छ । यद्यपि मृत्‍युको कारणबारे अनुसन्धान भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको खैतान भवनको छतमा २ जना एसियाली मुलुकका आप्रवासी कामदारको मृत्‍यु भएको कुवेतबाट प्रकाशन हुने अरब टाइम्स दैनिकले उल्लेख गरेको छ ।

    पत्रिकाले त्यसरी मृत्यु भएका कामदारको पूर्ण विवरण अझै खुलाएको छैन । प्रारम्भिक विवरणअनुसार दुई जनाको मृत्‍युको कारण सम्भावित विषाक्त मदिरा सेवन भएको अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उद्रित गर्दै अरब टाइम्सले उल्लेख गरेको छ ।

    ‘घरको छतमा भेटिएका दुईजनाको शवको फरेन्सिक रिपोर्टअनुसार शवमा कुनै पनि प्रकारको शारीरिक आक्रमण वा हिंसा भएको संकेत देखिएको छैन’, खबरमा भनिएको छ ।

    परीक्षणपछि उनीहरूले स्थानीय रूपमा उत्पादन गरिएको अवैध र विषालु मदिरा तथा पदार्थ सप्लाई गर्ने स्रोत र व्यक्तिहरुको खोजी गरिरहेका छन् । विशेषज्ञहरूका अनुसार नियमनविना वा गलत तरिकाले उत्पादन गरिएको मदिरा सेवन गर्दा श्वासप्रश्वास, मुटुको गति र शरीरको तापक्रममा गम्भीर असर पर्नसक्छ, जसको सेवन र खाडीको अत्यधिक गर्मीका कारण अत्यधिक कामदारले बसेनि ज्यान गुमाइरहेका छन् ।

    त्यस्तै कुवेतकै सुविया मरुभूमिमा एक अर्को शव पनि भेटिएको अरब टाइम्सले लेखेको छ । उनी झापाको बिर्तामोड नगरपालिका–१ हनुमाननगरका ३३ वर्षीय विकास कार्की भएको परिवारले जनाएको छ ।

    अनुसन्धानमा खटिएको सुरक्षा स्रोतलाई उल्लेख गर्दै अरब टाइम्सले लेखेअनुसार मरुभूमिमा भेटिएको शवको घटनामा आपराधिक समूहको हात रहेको आशंका गरिएको छ ।

    कार्की डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौंको ओमेगा इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत कुवेतको ईटीसी कम्पनीमा कार्यरत रहेको विकासका बुबा धुर्वराज कार्कीले बताए । उनले भने, ‘छोराको निधन भएको खबर आयो, तर के-कति कारणले निधन भएको केही खुल्न सकेको छैन ।’

    कुवेतमा रहेको नेपाली दूतावासले स्वतन्त्र रुपमा दुई घटनालाई पुष्टि गरिनसकेको पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले बताए ।

    दूतावासका सूचना अधिकारी प्रथम सचिव प्रेमराज गौतमले घटनाबारे जानकारी आएको भए पनि अनुसन्धान जारी भएकाले आधिकारिक रुपमा कारण भने पुष्टि भई नसकेको नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रकाशित मिति :बैशाख २७ २०८२ शनिवार - ०३:२१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij